ओखलढुङ्गा – ओखलढुङ्गाको विलन्दुमा चट्याङ लागेर एक गम्भीर घाइते भएका छन् । सोमबार अपराह्न परेको चट्याङ लागेर चम्पादेवी गाउँपालिका ९ विलन्दु खानीगाउँका मोतीबहादुर विक घाइते भएका हुन् । गम्भीर घाइते विकको स्थानीय स्वास्थ्यकर्मीबाट उपचार भइरहेको छ ।


ADVERTISEMENT


त्यस्तै दिउँसो ३ः१५ बजेको समयमा परेको चट्याङले चम्पादेवी गाउँपालिका ९ ओख्रेनीका खड्गबहादुर कार्कीको घर जलेर नष्ट भएको छ । आगलागीबाट घरभित्र रहेका धनमाल, अन्नपात, लत्ताकपडा र भाँडाकुँडा जल्दा रु २० लाखभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक शिव कट्टेलले बताए ।


ADVERTISEMENT

# # #


दिउँसो ३ः१५ देखि शुरु भएको आगलागी प्रहरी र स्थानीयवासीको सक्रियतामा बेलुका ५ बजेमात्र नियन्त्रणमा आएको थियो । यस वर्ष जिल्लाको लिखु र चम्पादेवी क्षेत्रमा चट्याङका कारण ठूलो जनधनको क्षति भइरहेको छ । रासस