काठमाडौँ– राष्ट्रपति विद्या देवी भण्डारीले अन्यायमा परेका नागरिकका लागि न्यायमा सरल र सहज पहुँचलाई सुनिश्‍चित हुनुपर्नेमा जोड दिएकी छिन् ।


ADVERTISEMENT


कानुन दिवस २०७८ को अवसरमा एक शुभकामना सन्देश जारी गर्दै उनले आफ्नो ट्विटरमार्फत सो भाव व्यक्त गरेकी हुन् ।


ADVERTISEMENT

# # #


उनले आफ्नो सन्देशमा, ‘अन्यायमा परेका नागरिकका लागि न्यायमा सरल र सहज पहुँचलाई सुनिश्‍चित गर्दै न्यायपूर्ण‚ सभ्य र समृद्ध समाज निर्माणका लागि अग्रसर हुन यस दिवसले सबैलाई प्रेरणा प्रदान मिलोस्’ भन्ने शुभकामना व्यक्त गरेकी छिन् ।