काठमाडौँ– कोरोना महामारीको दोस्रो लहरका कारण देशभर उपचारका लागि शैय्याको उच्च अभाव भइरहदा यता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भने यसका लागि केहि सहजीकरण गर्ने भएको छ ।
देशभर व्याप्त भइरहेको शय्या अभावलाई सहजीकरण गर्नका लागि मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको उपचारका लागि शैय्याको आवश्यकता परेमा केहि सम्पर्क नम्बर उपलब्ध गराउँदै सो अभावलाई न्युनिकरण गर्ने प्रयास गरेको हो ।
मन्त्रालयले एक सूचना जारी गर्दै बिरामीका लागि शय्या चाहिएमा वा अस्पताल जान परेमा टोलफ्रि र मोबाइल नम्बरमा सम्पर्क गर्न सम्पुर्ण सर्वसाधारणमा आग्रह गरेको छ । मन्त्रालयका अनुसार, आफ्नो यी आवश्यकता अनुसार, व्यक्तिले टोलफ्रि नं ११३३ एवम् मोबाइल नम्बर ९८५१२५५८३७ र ९८५१२५५८३९ मा सम्पर्क गर्न सक्नेछन् ।
सङ्क्रमणको दोस्रो भेरियन्ट फैलिएर बिरामी बढ्न थालेपछि अहिले देशभरि शैय्याको अभाव रहेको छ । बुधबार मात्र आठ हजार ६ सय ५९ जना सङ्क्रमित भएका थिए भने ५८ को निधन भएको थियो । ती नम्बरमा फोन गरे शैय्या उपलब्ध गराउने जनाउँदै मन्त्रालयले चौबिसै घण्टा ती नम्बरमा फोन गर्न सकिने बताएको छ ।