काठमाडौँ – भारतीय अनुदानमा १० लाख कोभिडविरुद्धको खोप प्राप्त भएपछि गत वर्ष माघ १४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियान शुरु गर्दै ३ महीनाभित्र सबै नेपालीलाई खोप उपलब्ध गराउने बताए । तर कमिशन माग गर्दै खोप आयात रोक्नेविरुद्ध प्रधानमन्त्रीले बेलैमा एक्सन नलिँदा खोप कार्यक्रम प्रभावित भएको बाहिरिएको छ ।


ADVERTISEMENT


भारतले उपलब्ध गराएको १० लाख डोज खोपबाट खोप कार्यक्रम शुरु गरिएको थियो । खोपको पहिलो मात्रा लगाएको एक महीनामै दोस्रो मात्रा लगाउने तयारी सरकारले गरेपनि खोप नआउँदा बैसाख ७ गतेलाई उक्त मिति सारिएको थियो ।


ADVERTISEMENT

# # #


बैसाख ७ गतेबाट खोपको दोस्रो मात्रा लगाउने बताइएपनि हालसम्म भारतले खोप उपलब्ध गराएको छैन । भारतको सिरम इन्स्टिच्युटसँग सरकारले २० लाख खोप खरिद गरेकोमा फागुन ९ गते भारतबाट १० लाख डोज खोप नेपाल आएको थियो । कम्पनीले त्यसको एक महीनाभित्र बाँकी १० लाख खोप उपलब्ध गराउने बताएपनि हालसम्म उक्त खोप कम्पनीले उपलब्ध गराउन सकेको छैन ।

उक्त खोपसँगैं बिचौलियाले कमिशन माग गरि आयात रोकेपछि थप ५० लाख खोप खरिद प्रक्रिया नै अघि बढ्न सकेन । सिरमका लागि नेपालको आधिकारिक विक्रेता हुकुम इन्टरप्राइजेजले सरकारसँग १० प्रतिशत कमिशन माग गरेपछि आयात प्रभावित भएको हो । हुकुमले कम्पनीबाट खोप ल्याउने बताउँदै सरकारसँग कमिशन माग गरेकोमा सरकारले प्रत्यक्ष आफै खरिद गर्ने बताएपछि हुकुमको चलखेलमा सिरमले खोप निर्यात रोकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका बताउँदै आएको छ । उनले भने, ‘स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले एक अन्तरवार्तमा भनेका छन्, ‘खोप खरिदमा बिचौलियाले १० प्रतिशत कमिसन लिन खोजे, बिचौलियाको सक्रियताका कारण ५० लाख डोज खोप खरिद प्रक्रिया अगाडि बढ्न सकेन ।’

बिचौलियाले खोप खरिदको प्रक्रिया रोकेपछि स्वास्थ्यमन्त्री त्रिपाठीले फागुनमा प्रधानमन्त्रीलाई उक्त खबर ब्रिफ गरेको मन्त्रालयका एक अधिकारीले बताए । उनले भने, ‘प्रधानमन्त्रीलाई बिचौलियाले खोप खरिद प्रक्रिया रोकेको खबर प्रधानमन्त्रीलाई मन्त्रालयले ब्रिफ गरेको थियो।’ २० लाख खोप खरिदको सम्झौता सरकारले सोझै खोप खरिद गर्ने भनी कम्पनीसँग गरेपनि त्यसपछि १० प्रतिशत कमिशन माग गर्दै सिरमका लागि नेपालको आधिकारिक विक्रेता हुकुम इन्टरप्राइजेजका साझेदार विजय दुगड र ऋतुसिँह वैद्य प्रवेश गरेका थिए ।

हालसम्म नेपालमा भारतले अनुदानमा दिएको १० लाख, खरिद गरेको १० लाख, भारतीय सेनाले सहयोगमार्फत उपलब्ध गराएको १ लाख र कोभ्याक्स सुविधाबाट प्रप्त गरेको ३ लाख ४८ हजारसहित २४ लाख ४८ हजार कोभिडशिल्ड र चीनले अनुदानमा उपलब्ध गराएको ८ लाख भेरोसेल खोप प्राप्त भएको छ ।

हालसम्म २४ लाख ८१ हजार ४६८ जनालाई कोभिडविरुद्धको खोप लगाइएको खोप महाशाखा प्रमुख झलक शर्मा गौतमले जानकारी दिए । जसमध्ये ३ लाख ६९ हजार ४४९ लाई मात्र दोस्रो मात्राको खोप पनि लगाइएकोमा २१ लाख १२ हजार १९ जनालाई दोस्रो मात्रा लगाउन बाँकी रहेको उनले बताए ।

उत्पादक कम्पनीकाअनुसार ८ देखि १२ हप्ताभित्र खोपको दोस्रो मात्रा लगाउनुपर्छ । तर खोप आयात रोकिँदा पहिलो खोप लगाएकाहरु दोस्रो मात्रा लगाउनबाट बञ्चित भएका छन् । यद्यपि, समयमै खोप लगाउन नसकिएपनि पहिलो खोपको प्रभावकारित ६० देखि ६५ प्रतिशतसम्म रहने जनस्वास्थ्यविद्हरुको भनाइ छ ।

जनस्वास्थ्यविद् डा. अनुप सुवेदी कोभिडशिल्डको ३ महीनापछिको प्रभावकारिता कस्तो हुन्छ भन्ने तथ्य हालसम्म बाहिर नआएको बताउँछन् । ‘तर पहिलेका अन्य अभ्यासबाट खोपको प्रभावकारिता ४ महीनासम्म रहेको हामीले पाएका छौँ,’ उनले भने, ‘प्रभावकारिता केही कम हुनसक्छ तर ढिलो आएपनि दोस्रो मात्रा लगाउनुपर्छ ।’