काठमाडौँ – नेकपा एमालेकी नेतृ तथा प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीको प्रधानमन्त्री केपी शर्माओलीलाई डुबाउने चेतावनी दिएकी छन् ।


ADVERTISEMENT


बुधबार सामाजिक सञ्जालमार्फत झाँक्रीले आफूहरु डुब्ने र सँगै ओलीलाई पनि डुबाउने चेतावनी दिएकी हुन् । उनले ओलीलाई सत्यानास हुनबाट जोगिन मन भए किनारा खोज्न समेत सुझाएकी छन् । उनले ओलीलाई दम्भ, अहङ्कार र जिद्दी छोड्न आग्रह समेत गरेकी छन् ।


ADVERTISEMENT

# # #


उनले ट्वीटरमा भनेकी छन्, ‘हामी त डुब्छौ नै। हामी सत्यनास हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ। यदी तिम्रो सत्यनास हुनबाट र डुब्नुबाट जोगिनु छ भने किनारा खोज। विचार गर, दम्भ, अहङ्कार र जिद्दी छोड। हिन्दीमा एउटा कहावत छः हम तो डूबेंगे ही सनम्, आपको भी ले डूबेंगे‘ अगर डुब्नें से बच्ना है तो किनारा ढुढों।

एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्माओलीले माधव कुमार नेपाल समूहका नेताहरुलाई निरन्तर स्पष्टिकरण सोधिरहेका छन् भने कारबाही समेत गरेका छन् । यहीबीच प्रधानमन्त्री ओलीले वैशाख २७ गते संसदमा विश्वासको मत लिँदैछन् । प्रतिनिधिसभा विघटनको असफल प्रयास गरेका ओलीका विरुद्ध निरन्तर आगो ओकल्दै आएको माधव समूहले विश्वासको मतमा के गर्ला भन्ने कुरा प्रतीक्षाको विषय बन्दै आएको छ ।

यद्दपी झाँक्रीको ट्वीटसँगै माधव समूहले ओलीलाई विश्वासको मतमा पराजित गर्न सक्ने अनुमान कतिपयले गर्न थालेका छन् ।