काठमाडौँ – काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञा एक साता थपिएको छ । उपत्यकाका तीन सीडीओको मंगलवार बसेको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् ।


ADVERTISEMENT


थप गरिएसँगै निषेधाज्ञालाई थप कडाइ गर्ने निर्णय बैठकले गरेको छ ।


ADVERTISEMENT

# # #


यसअघि सीडीओहरूको बैठकले बिहाना ७ बजेदेखि १० बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म अत्यावश्यक खाद्य सामाग्री पसल, व्यवसाय आदि खोल्न दिने गरिएकोमा अब त्यस्ता व्यवसाय बिहाना ७ बजेदेखि ९ बजेसम्म मात्र खोल्न दिने निर्णय बैठकले गरेको छ । खाद्यान्न विक्रीको प्रयोजनले सञ्चालित डिपार्टमेन्ट स्टोर दिनभरी खोल्न दिइने गरिएकोमा डिपार्टमेन्ट स्टोर पनि बिहाना दुई घण्टा मात्र खोल्न दिने निर्णय भएको छ ।

बैठकले यसअघि जारी भएका सबै सवारी पास खारेज गर्ने निर्णय गरेको छ । जारी पासका कारण उपत्यकामा निषेधाज्ञाको समयमा पनि जाम हुने गरेको थियो । सवारी अवागमन रोक्न यसअघि जारी गरिएका सबै पास खारेज गरिएको काठमाडौँका सीडीओ पराजुलीले जानकारी दिए ।

थपिएको निषेधाज्ञालाई अघिल्ला दिनहरुको भन्दा कडा बनाइने उनले बताए ।