बुटवल – लुम्बिनी प्रदेश सरकार शंकर पोखरेलकै नेतृत्वमा बनाउने निर्णय एमाले संसदीय दलले गरेको छ ।


ADVERTISEMENT


पोखरेलविरुद्ध नेपाली काँग्रेस, नेकपा माआवादी, जनता समाजवादी पार्टीले संयुक्त रुपमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । अविश्वासको प्रस्ताव आज दिउँसो १ बजे प्रदेश सभामा पेश हुने कार्यक्रम रहेकोमा पोखरेलले आइतवार बिहानै मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए।


ADVERTISEMENT

# # #


राजीनामा पछि बसेको एमाले संसदीय दलको बैठकले आजै पोखरेलकै नेतृत्वमा पुनः बहुमतको सरकार बनाउने निर्णय गरेको हो ।