काठमाडौँ – हिमालयन बैँक लिमिटेड र युनियनपेको सहकार्यमा हिमालयन बैँक एस.सी.टी युनियनपे कार्ड सेवाको औपचारिक शुभारम्भ भएको छ ।


ADVERTISEMENT


भिडियो कन्फ्रेन्सको माध्यमबाट संचालित विशेष समारोहबिच सुभारम्भ गरिएको सो कार्ड नेपाल तथा भारतका प्राय सबै एटीएम तथा पस टर्मिनलमा चल्ने बैँकले जनाएको छ ।


ADVERTISEMENT

# # #


भारतमा उच्चशिक्षा अध्ययनरत विद्यार्थी, भ्रमण गर्न तथा व्यवसायिक सिलसिलमा भारत गएका व्यापारी व्यवसायीहरुका लागि उक्त कार्डबाट भुक्तानी गर्न सहज हुनेछ ।

यूनियनपेका प्रतिनिधिले हिमालयन बैंक लिमिटेडले एच.बी.एल यूनियनपे एस.सी.टी कोब्राण्डेड कार्ड आफ्ना ग्राहकहरुका लागि जारी गर्न शुरु गरेकोमा प्रशन्नता व्यक्त गरेका छन् । त्यस्तै निकट भविष्यमा बैंकसँगको सहकार्यमा उक्त कार्ड कन्ट्याक्टलेस पस, क्यूआर तथा वालेटहरुमा स्विकार्य हुने कुराको जानकारी दिएका थिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर ज.ब.रा.ले सो अवसरमा यूनियनपे तथा एस.सि.टिसंग सहकार्य गरी “एच.बी.एल यूनियनपे एस.सी.टी कार्ड” संचालनमा ल्याएकोमा प्रसन्नता व्यक्त गरे । उनले नेपालको बैंकिङ्ग क्षेत्रको अग्रणी हिमालयन बैंक प्रसिद्ध अन्तराष्ट्रिय कार्ड ब्राण्डहरु अमेरिकन एक्सप्रेस, जेसिबी, मास्टरकार्ड, युनियनपे, भीसा जारी तथा स्विकार गर्ने र छिटै डाइनर्स एण्ड डीस्कभर कार्ड स्विकार गर्ने एक मात्र बैंक भएको जिकिर गरे।

हिमालयन बैंक यूनियनपेको नेपालमा एक प्रमुख रणनीतिक साझेदार भई सन् २०१० देखि संचालनमा रहेको तथा उक्त कार्ड बैंकले सन् २०१४ देखिनै जारी गर्दै आइरहेको छ । सन् २०१८ देखि क्यूपे वालेट पनि संचालन गर्दै आएको एससिटि नेपालमा यूनियनपेको कार्ड जारी गर्ने सबैभन्दा ठूलो संस्था रहेको छ ।

हिमालयन बैंक र एस.सी.टीले यूनियनपेको नेपालमा सेवा स्थानीयकरण गर्ने योजनामा साझेदारको रुपमा रही नेपाल र मित्रराष्ट्र चीनबीचको आर्थिक तथा व्यवसायिक क्रियाकलापमा सहयोग पुर्याउदै छ ।