काठमाडौँ— बढ्दै गएको कोरोना महामारीको जोखिम अवस्थालाई मध्यनजर गर्दै कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कम्तीमा तीन साता देशभर लकडाउन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको छ ।


ADVERTISEMENT


दोस्रो लहरको महामारी जोखिमलाई कम तथा व्यवस्थापन गर्नका लागि भन्दै सीसीएमसीले कम्तीमा वैशाख मसान्तसम्म देशव्यापी रुपमा लकडाउन गर्न सिफारिस गरेको हो ।


ADVERTISEMENT

# # #


उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा आइतबार बसेको सीसीएमसी बैठकले देशभर तीव्र रुपमा फैलदैँ गएको महामारीको व्यापकताको विषयमा छलफल गरिएको थियो । जसअन्र्तगत कोरोना रोकथाम र नियन्त्रणका लागि राज्यले तत्काल महत्वपूर्ण कदम चाल्नुपर्ने बताइएको थियो । यसका लागि सम्भव भएसम्म लकडाउन र नभए जोखिम बढि भएका स्थानहरुमा निषेधाज्ञा जारी गर्न सुझाव दिएको हो ।

तत्काल लकडाउनको विकल्पको रुपमा सहरी क्षेत्रमा ५ सय र अन्य जिल्लामा २ सय सक्रिय संक्रमित पुगेको खण्डमा भने सो स्थानहरुमा निषेधाज्ञा अनिवार्य रुपमा गर्नुपर्ने सीसीएमसीको सिफारिस छ । यस्तै, उपत्यकाको हकमा भने, १ हजार जनाभन्दा बढी सक्रिय संक्रमित पुगे निषेधाज्ञा जारी गर्नुपर्ने प्रस्ताव सीसीएमसीले जारी गरेको छ ।

यसैगरि, विदेशी नागरिकलाई स्थलमार्गबाट नेपाल प्रवेशमा पनि रोक लगाउने सिफारिस गर्दै सीसीएमसीले स्थलमार्गबाट भित्रिने नेपालीलाई भने प्रवेश दिइएता पनि परीक्षणसहित नियन्त्रित आधारमा गन्तव्यसम्म पुर्‍याइनु पर्ने प्रस्ताव छ । तोकिएका ३५ नाकाबाट आवागमन व्यवस्थापनमा सुरक्षाकर्मी खटिए पनि खुला सिमानाका कारण चोरबाटो हुँदै भारतबाट भित्रिनेको संख्या अधिक छ, जुन परीक्षणको दायरामा पनि छैनन् ।

त्यसैले निम्त्याउने भयावह स्थितिलाई समयमै ध्यानमा राख्दै चाडोभन्दा चाडो राज्यका तर्फबाट उचित कदम चालिनुपनर्माे सीसीएमसीले जोड दिएको हो । सीसीएमसीले पेश गरेको उक्त सिफारिसअनुसार नै लकडाउन वा निषेधाज्ञा जारी भएको खण्डमा अत्यावश्यक बाहेकका अन्य पेसा व्यवसाय सञ्चालन र मानिसको आवागमनमा रोक लगाइनेछ । यस्तै, दैनिक जीवनयापनसँग जोडिएका वस्तु खरिदबिक्रीमा भने जनस्वास्थ्यका मापदण्ड पालना गरेर समय तोकिनेछ ।