काठमाडौँ – परराष्ट्रमन्त्री एवम् नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले तत्काल देशव्यापी लकडाउन नहुने बताएका छन् ।


ADVERTISEMENT


आतइबार प्रधानमन्त्री निबास बालुवाटारमा आइतबार बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकका निर्णय सुनाउँदै ज्ञवालीले तत्काल लकडाउन नहुने बताएका हुन् । यद्दपी उनले कोरोना संक्रमित बढ्दै गए केही ठाउँमा भने लकडाउन हुनसक्ने जानकारी दिए ।


ADVERTISEMENT

# # #


‘अहिले तत्काल हामी देशव्यापी लकडाउन गर्दैनौँ । अहिलेको हाम्रो आग्रह सबै नागरिकलाई स्वास्थ्य मापदण्ड पालना गरौँ भन्ने नै छ ।’ उनले भने, ‘किनकी लकडाउनले एकछिनलाई कोभिडको चेनलाई ब्रेक गरे पनि त्यसले केही पर धकेल्ने मात्रै हो ।’ भर्खर भर्खर अर्थतन्त्र तंग्रिन थालेको बताउँदै ज्ञवालीले सकभर अर्थतन्त्रमा, मान्छेको जीविकामा प्रतिकूल असर नपरोस् भन्ने सरकारको चाहना रहेकाले तत्काल देशव्यापी लकडाउन हुँदैन । उनले हटस्पटहरुमा स्थानीय स्तरमा आंशिक लकडाउन हुन सक्ने बताए ।

पछिल्लो समय कोभिड–१९को नयाँ भेरियन्टहरु देखापरिरहेको अवस्थामा नेपालमा पनि केही डबल म्यूटेन्टस्हरु देखिएको उनले बताए । यस्तै असध्यै छिटो संक्रमण फैलिने ट्रिपल म्यूटेन्टको पनि आशंका देखिएको मन्त्री ज्ञवालीले जानकारी दिए ।

उनले अस्पतालमा भर्ना भएका बिरामीमध्ये अधिकांशलाई अक्सिजनको सर्पोट चाहिने स्थिति रहेको बताउँदै उनदले भने, ‘हामीसँग जे उपलब्ध छ, त्यसले अहिलेको अवस्थालाई त धान्छ । तर, समस्या यही रुपमा अगाडि बढ्दै गयो भने गाह्रो पर्न सक्छ । ’

सकारले हिजोको बैठकबाट अक्सिजन प्लान्टको पूर्ण क्षमतामा सञ्चालन गर्ने, नयाँ सिलेन्डरहरु मगाउने, रेम्डेसिभिर लगायतका औषधिहरु आयात गर्ने खोपलाई विस्तार गर्ने कुरा त गरेको उनले बताए ।

आजको बैठकमा कोरोनाको दोस्रो लहरलाई नियन्त्रण र रोकथाम गर्ने अभियानमा पार्टी कसरी परिचालित हुनसक्छ भन्ने बारेमा प्रधानमन्त्रीले विशेष निर्देशन दिएको प्रवक्ता ज्ञवालीले जानकारी दिए । प्रत्येक केन्द्रीय सदस्यहरु र मातहतका कमिटी, जनप्रतिनिधि र संगठनहरुले हेल्थ डेस्क राख्ने, विदेशबाट आएकाहरुलाई क्वारेन्टिनमा राख्ने र स्थानीय तहसँग समन्वय गर्ने उनले बताए ।

उनले अघि थपे, ‘उहाँहरुले गाउँगाउँमा जागरण अधियान सञ्चालन गर्ने, कोही बिरामी भयो भने उहाँहरुलाई नजिकको हस्पताल पुर्याउने, स्थानीय र जिल्लाको कोभिड क्राइसिस सेन्टरसँग मिलेर अभियान चलाउनका लागि परिचालित हुन प्रधानमन्त्री ओलीले निर्देशन दिनुभएको छ ।’ प्रवक्ता ज्ञवालीले आजको बैठकले कोभिडविरुद्धको लडाईंमा एक ढिक्का भएर केन्द्रित हुने निर्णय गरेको बताए ।