काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्माओली भारतको टाङमुनि छिरेको आरोप लगाएका छन् ।


ADVERTISEMENT


सोमबार काठमाडौँको वाल्मिकी क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति देउवाले राष्ट्रवादीको छवि बनाएको प्रधानमन्त्री ओली अहिले भारतको टाङमुनि छिरेको अभिव्यक्ति दिएका हुन् ।


ADVERTISEMENT

# # #


‘हिजो सबैभन्दा राष्ट्रवादी भन्ने ओली आज इन्डियाको तुमशरणम् भइसक्यो,’ उनले भने, ‘भारतविरोधी नाराबाट जितेको ओली अहिले भारतको टाङमुनि छिरिसक्यो, कहाँ छ त्यो राष्ट्रवाद ?’

सभापति देउवाले कम्युनिस्टहरु राष्ट्रवादी नभई अवसरवादी भएको समेत अभिव्यक्ति दिए ।