काठमाडौँ – नेकपा एमालेका नेता भीम रावलले पार्टीको नाम र चुनाव चिन्ह फरक पर्नसक्ने बताउँदै एमाले टुक्रिने संकेत गरेका छन् ।


ADVERTISEMENT


आइतवार सम्पन्न नेपाल उत्पीडित जातीय मुक्ति समाज सुदूरपश्चिम प्रदेशको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले नाम र चुनाव चिन्ह फरक पर्नसक्ने बताउँदै कार्यकर्तालाई तयार रहन निर्देशन दिए ।


ADVERTISEMENT

# # #


पार्टीको नाम र चुनाव चिन्ह बदलिएपनि आफूहरु अर्को पार्टीको नहुने दाबी उनको थियो । ३ वर्षअघि एमालेबाट नेकपा मात्र भएको बताउँदै उनले भने, ‘नाम बदल्नु परेपनि हामी अर्को पार्टीको कसरी हुन्छौँ ? आजभन्दा ३ वर्ष अहिले कुन पार्टीमा काम गर्‍यौँ ? नेकपा एमाले थियो, नेपाल कम्युनिस्ट पार्टी भयो ।’ उनले २०३५ देखि २०४७ सम्म आफूहरु नेकपा माले रहेको त्यसपछि एमाले भएको र पछि पुनः नेकपा भएको प्रसंग उल्लेख गरेका थिए ।

उनले पार्टी अध्यक्ष समेत रहको प्रधानमन्त्री केपी शर्मा ओली नै विभाजनतर्फ लागेको आरोप लगाउँदै सामना गर्न तयार हुनुपर्ने बताए ।