बनियानी, झापा– निजी वन लगाउनेको संख्या बढ्दै गएको छ ।


ADVERTISEMENT


कम मेहनतमा मनग्य आम्दानी र वन पैदावारको माग बढ्दै गएपछि वर्षेनी निजी वन लगाउनेको संख्या बढ्दै गएको हो ।


ADVERTISEMENT

# # #


जिल्लामा आव २०७२/७३ मा १३.४ हेक्टरमा १४ वटा निजी वन लगाइएको थियो । आव २०७३/७४ सो संख्यामा वृद्धि भई १७.३५ हेक्टरमा २३ वटा निजी वन लगाइएको जिल्ला वन कार्यालयका सहायक वन अधिकृत देवेन्द्र उप्रेतीले जानकारी दिए ।

“पछिल्लो समय निजी वन लगाउनेको संख्या बढ्दै गएको छ”, उनले भने, “थोरै मेहनत र कम लागतमा मनग्य आम्दानी गर्न सकिने भएकाले पनि आकर्षण बढ्दै गएको छ ।” चालू आवमा हालसम्म दुई वटा निजी वन लगाइएको कार्यालयले जनाएको छ ।

त्यस्तै, जिल्लामा निजी वनबाट आव २०७२/७३ मा एक लाख ७५ हजार ६३१ क्यु फिट काठ उत्पादन भएको थियो । आव २०७३/७४ मा २५ हजार ५८९ क्यु फिट काठ उत्पादन भएको कार्यालयको तथ्यांकमा उल्लेख छ । जिल्लामा हालसम्म ३९०।७३ हेक्टरमा ४०५ वटा निजी वन लगाइएको छ ।