काठमाडौँ – नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एंव प्रतिनिधि सभा सदस्य जीवन राम श्रेष्ठ नि:सहाय सेवा सदनमा रहेको जेष्ठ नागरिकहरुलाई सहयोग गरेका छन् ।


ADVERTISEMENT


श्रेष्ठले शुक्रबार सदनमा रहेको जेष्ठ नागरिकहरुलाई १ महिनालाई आवश्यक पर्ने औषधी, ह्वील चियर र मास्क सदनका कोषाध्यक्ष शंकर प्रसाद गजुरेललाई हस्तारन्तरण गरेका हुन् । हस्तान्तरणपछि बोल्दै उनले आगामी दिनहरुमा यस्ता सेवाहरु ओलम्पिक कमिटीबाट निरन्तरता हुने समेत जानकारी गराए ।


ADVERTISEMENT

# # #


सो अवसरमा ‘स्पोर्टस् एन्ड इन्भाइरोमेन्ट कमिसन’का अध्यक्ष गोवर्धन श्रेष्ठले नव वर्ष २०७८ सालको शुभकामना सहित आउने दिनहरुमा अन्य उपलब्धीमूलक कार्य ल्याउने जानकारी दिए । सेवा सदनका कोषाध्यक्षले सो कार्यक्रमबाट सदनवासीमा खुसी छाएको बताउँदै धन्यवाद समेत व्यक्त गरे ।

औषधी र ह्वील चेयर ‘कमिसन’का सदस्य प्रदीप कुमार राजभण्डारी र माक्स डा. सञ्जय विक्रम श्रेष्ठले सहयोग गरेका थिए । कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष एंव कार्यकारी निर्देशक चतुरानन्द राजबैद्य तथा ‘कमिसन’का पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।