काठमाडौँ – भोलि देखि काठमाडौँमा सुरु हुने नेपाल, नेदरल्याण्ड र मलेसिया बीचको त्रिकोणात्मक टी–२० सिरिजमा नेपालका लागि सन्दीप जोराले टिममा मौका पाएका छन् । पूर्वकप्तान पारस खड्का अभ्यासका क्रममा घाइते भएर सिरिज नै गुमाएका थिए ।


ADVERTISEMENT


पारसको कुममा समस्या देखिएपछि २–३ कप्ता आराम गर्न र थेरापी गर्न डाक्टरले सल्लाह दिएपछि पारसले सिरिज नखेल्ने बताएका थिए । क्यानले पारसको स्थानमा १९ वर्षीय सन्दीप जोरालाई मौका दिएको हो ।


ADVERTISEMENT

# # #


सन्दीप नेपाली टिमको २० सदस्यीय बन्द प्रशिक्षणमा परेका थिए । तर, अन्तिम १५ मा अटाउन सकेका थिएनन् । सन्दीपले टी–२० क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कान्छा खेलाडीको विश्व कीर्तिमान बनाएका छन् ।

नेपालले उद्घाटन खेलमा भोलि दिउँसो १ः१५ बजे नेदरल्याण्डविरुद्ध खेल्दैछ ।

नेपाली टोली
ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहरा, आरिफ शेख, आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, साहब आलम, कमल सिंह ऐरी सुसन भारी र सन्दीप जोरा ।

Paras Khadka has been ruled out of the Bajaj Pulsar Tri-Series T20I Strength Partner Shivam Cement due to injury and has been replaced by Sandeep Jora.

#TriNationCricket

Posted by Cricket Association of Nepal-CAN on Friday, April 16, 2021