नेपाल संवत् ११३८ को उपलक्ष्यमा काठमाडौंको वसन्तपुरमा भिन्तुना र्‍यालीको आयोजना गरियो । विभिन्न स‌ंघ संस्थाको आयोजनामा निकालिएको र्‍यालीमा सहभागीहरुले वसन्तपुर दरबार क्षेत्र परिक्रममा गरेका थिए । र्‍यालीमा नेवारी वेशभूषामा सजिएका पुरुष तथा महिलाको उल्लेख्य सहभागिता थियो । र्‍यालीमा नेवारी संस्कृतिमा आधारित विभिन्न नृत्य, बाजा तथा झाँकीको प्रदर्शन गरिएको थियो । नेपालको मौलिक संवत्का रुपमा रहेको नेपाल संवत् राष्ट्रिय विभूति शंखधर साख्वाले चलाएका हुन् । सोही उपलक्ष्यमा नेवारी समुदायले शुक्रबार राति घरघरमा म्हःपूजा गर्ने कार्यक्रम छ ।


ADVERTISEMENT