काठमाडौँ – उर्जा जलस्रोत तथा सिँचाई मन्त्री टोपबहादुर रायमाझीले राजनीतिक नेतृत्वहरुमा निरङ्कुश व्यवस्थाको चिन्तन, प्रवृति, संस्कार र संस्कृतिहरू कायमै रहेको बताएका छन् ।


ADVERTISEMENT


बुधबार काठमाडौंमा अखिल छैठौंले आयोजना गरेको नेपालको विद्यार्थी आन्दोलन र अखिल छैठौंको इतिहास नामक पुस्तक विमोचन कार्यक्रममा रायमाझीले देशमा व्यवस्था परिवर्तन भए अनुसार राजनीतिक नेतृत्वको चिन्तन, कार्यशैली र संस्कार परिवर्तन हुन नसकेको बताएका हुन् । उनले परम्परागत व्यवस्थाका बिरुद्ध हतियारले नभइ राजनीति मुद्धाका आधारमा लड्नुपर्ने बताए । त्यस्तै उनले राजनीतिक क्रान्तिपछि मुलुकको विकास र समृद्धिको क्रान्तिमा अघि बढ्नुपर्ने धारणा राखे । जनताको मन जितेर संविधानमा उल्लेख समाजवादमा पुग्ने लक्ष्यलाई भेट्नुपर्ने उनको भनाई छ ।


ADVERTISEMENT

# # #


कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले एक अर्कालाई आरोप प्रत्यारोप भन्दा पनि दलहरुलाई एकताबद्ध गरेर मुलुकलाई बचाउनुपर्ने उल्लेख गर्नुभयो । उनले देशी बिदेशी शक्तिहरुको षडयन्त्रलाई चिर्नुपर्नेमा पनि जोड दिए ।

त्यस्तै अन्य नेताहरुले मुलुकलाई बाह्य हस्तक्षेपबाट नजोगाएसम्म समाजवादी क्रान्ति सम्भव नहुने धारणा राखेका थिए ।