काठमाडौँ – गैर आवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद्का सचिव समेत रहेका विभिन्न सामाजिक सेवामा संलग्न व्यवसायी रजन थापाले वोर्ड सदस्यमा उम्मेद्वारी दिने तयारी गरेका छन् । उनले राष्ट्रिय समन्वय परिषद् अमेरिकाका लागि आगामी २ वर्षीय कार्यकालका लागि उम्मेद्वारी दिने तयारी गरेका हुन् ।


ADVERTISEMENT


युवा व्यवसायी थापा लामो समयदेखि बोस्टन म्यासचुसेटमा विभिन्न सामाजिक संघसंस्थामा आवद्ध भई सामाजिक कार्य गर्दै आएका छन् । उनले ग्रेटर बोस्टन नेपाली कम्युनिट परिवारको पूर्व वोर्ड सदस्यको कार्यभार पनि सम्हालेका थिए । उनी पशुपति फाउन्डेशन अफ न्युइङ्ग्ल्याण्डको स्थापना कार्यदेखि आवद्ध रहेकोमा संस्थाको वन तथा मन्दिर निर्माण समितिको सदस्यका रुपमा रही काम गरिरहेका छन् । आन्तरिक र राजनीतिक द्धन्दलाई संस्थाबाट छुट्कारा दिने उद्देश्यका साथ युवाहरुलाई विभिन्न नेपाली संघ संस्थामा सामेल गराउँदै आएका उनी हाल एनआरएन राष्ट्रिय समन्वय परिषद् अमेरिका म्यासचुसेट च्याप्टरका सचिव हुन् ।


ADVERTISEMENT

# # #


थापाले हेटौँडामा अवस्थित गोरक्षनाथ माविमा मन्टेश्वरी शुरु गर्न चाहिने खेलौना खरिदका लागि डेढ लाख रुपैयाँ सहयोग समेत गरेका थिए ।
एनआरएनलाई अझ मजबुत र सशक्त बनाउन आफूले वोर्ड सदस्यमा उम्मेद्वारी दिने तयारी गरेको जानकारी उनले दिए ।