काठडमाडौँ – सरकारका चारजना मन्त्रीको सांसद पद खारेज भएको छ । नेकपा माओवादी त्यागेर नेकपा एमालेमा गएका अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली–४ का लेखराज भट्ट, रौतहट–३ का प्रभु साह र कैलाली–३ का गौरीशंकर चौधरीलाई पदमसक्त गरिएको हो ।


ADVERTISEMENT


बिहीबारको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले संविधानको धारा ८९ को (ङ) अनुसार उनीहरुको पदको स्थान रिक्त रहेको जानकारी गराएका हुन् । जुन दलको उम्मेदवार भई सदस्य निर्वाचित भएको हो त्यस्तो दलले संघीय कानून बमोजिम निजले दल त्याग गरेको कुरा सूचित गरेमा सांसद पदको स्थान रिक्त रहने व्यवस्था रहेको छ ।


ADVERTISEMENT

# # #


माओवादी केन्द्रले नेकपा माओवादी केन्द्रका सांसदहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी अर्को दलमा लागेको भन्दै उनीहरुलाई सांसदबाट हटाउने कुरा संसद सचिवालयलाई जानकारी गराएको थियो ।

माओवादी केन्द्रका चार सांसदले सर्वोच्चको फैसलाबाट नेकपा साविकको अवस्थामा फर्किए पनि नेकपा एमालेमै बस्ने निर्णय लिएका थिए।

संसद सदस्यबाट हटेसँगै उनीहरुको मन्त्री पदबाट पनि हटेका छन् । यद्दपी संविधानको धारा ७८ मा संघीय संसदको सदस्य नभएको व्यक्ति मन्त्री हुन सक्ने व्यवस्था छ। तर त्यसरी मन्त्री भएको व्यक्तिले ६ महिनाभित्र प्रतिनिधिसभा वा राष्ट्रियसभामध्ये एकको सदस्यता प्राप्त गर्नुपर्नेछ।

हाल टोपबहादुर रायमाझी उर्जामन्त्री, लेखराज भट्ट उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री, प्रभु साह सहरी विकासमन्त्री र गौरीशंकर चौधरी श्रम तथा रोजगार मन्त्री रहेका छन् ।