काठमाडौँ – काठमाडौँ विश्वविद्यालय (केयू) ले अनलाइनमार्फत पढाउन शुरु गरेको छ ।
कोरोनाको जोखिम बढेको भन्दै केयूले आजदेखि विज्ञान र इन्जिनिरिङअन्तर्गतका सबै संक्राय अनलानमार्फत पढाउन थालेको हो ।
स्कुल अफ साइन्सका डिन कन्हैया झा र स्कुल अफ इन्जिनिरियङका डिन मनीष पोखरेलले संयुक्त सूचना निकाल्दै आजबाट अनलाइन कक्षा शुरु गरिएको जानकारी दिएका छन् ।
सूचनामा बैसाख मसान्तसम्मकै कक्षा अनलाइनबाट हुने जनाइएको छ ।