बर्दिया – बलात्कार मुद्दामा ६ महीना सजाय सुनाइएका अभियुक्त ७ वर्षपछि पक्राउ परेका छन् ।


ADVERTISEMENT


बारबर्दिया नगरपालिका १ जमुनियाका २१ वर्षीय करण सुनारलाई ईलाका प्रहरी कार्यालय बर्दियाबाट खटिएको टोलीले बुधवार बिहाना पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


उनीमाथि परिवर्तित नाम थर संकेत नम्बर १ को जाहेरीमाथि फैसला गर्दै बर्दिया जिल्ला अदालतले २०७० फागुन ३ गते ६ महीनाको सजाय सुनाएको थियो ।

सुनारलाई प्रहरीले उनकै घरमा फेला पारी पक्राउ गरी इलाका प्रहरी कार्यालय बानियाभार, बर्दियामा ल्याएको थियो । पक्राउपछि सुनारलाई बुधवार नै जिल्ला अदालत गुलरियामा पेश गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले बताए ।