प्युठान – आफ्नै गोठमा लागेको आगोमा जलेर दुई बच्चाको मृत्यु भएको छ । बुवा कामको सिलसिलामा जिल्लाबाहिर र आमा घाँस काट्न मेला गएको बेला गोठमा लागेको आगोले ७ वर्षीय छोरा र २ वर्षीया द्धोरीको मृत्यु भएको हो ।


ADVERTISEMENT


आगो लागेपछि छिमेकीले गोठका गाईवस्तु फुकालिदिएका थिए । तर दुई गौमुखी गाउँपालिकाका रिमबहादुर राणाका छोरा हिमाल र छोरी चन्द्रकलाको भाग्न नसकेपछि गोठमै मृत्यु भएको हो ।


ADVERTISEMENT

# # #


बच्चाहरुले घरनजीकैको गोठमा आगोसँग खेल्ने क्रममा आगलागी भएको हुनसक्ने लिबासे प्रहरी चौकीका सई हरि गुरुङले जनाए । दुबै बच्चाको शव जलेको अवस्थामा फेला परेको उनले बताए ।