काठमाडौँ – नेपाली सञ्चारकर्मीका लागि बहुप्रतिक्षीत नेपाल पत्रकार महासङ्घका सबै शाखा, प्रदेश समिति र केन्द्रीय समितिको निर्वाचन आज एकसाथ सम्पन्न भएको छ । पत्रकार महासङ्घ प्रत्यक्ष मतदान प्रणालीमा प्रवेश गरेपछि केन्द्रीय समितिको निर्वाचन पहिलो पटक प्रत्यक्ष प्रणालीबाट भएको छ ।


ADVERTISEMENT


महासङ्घको केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा र विभिन्न प्रतिष्ठान तथा एसोसिएटमा नयाँ नेतृत्वका लागि १३ हजार १२२ सदस्यले एकसाथ मतदान गरेका छन् । बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदानको व्यवस्था गरिएको थियो ।


ADVERTISEMENT

# # #


निर्वाचनका लागि ७७ जिल्लाको सम्बन्धित जिल्ला शाखामा, ४२ प्रतिष्ठानको विभिन्न १९ स्थानमा र एक एसोसियटको दशरथ रङ्गशालामा गरी कुल ९७ बुथमा निर्वाचन तोकिएको थियो ।

नेपाल पत्रकार महासङघको आज भएको चुनावमा अध्यक्ष पदका प्रत्यासी गजेन्द्रसिंह बुुढाथोकी ललितपुरस्थित मतदान केन्द्रमा पत्रकारसँग मत माग्दै । तस्बिर : रासस

केन्द्रीय समितिको ४९ पदका लागि १५२ को उम्मेदवारी परेको छ । केन्द्रीय समितिको अध्यक्षमा विपुल पोखरेल र निर्मला शर्माले प्यानलसहित उम्मेदवारी दिएका छन् भने स्वतन्त्र उम्मेद्वारका रुपमा गजेन्द्रसिंह बुढाथोकीले उम्मेद्वारी दिएका छन् ।

नेपाल पत्रकार महासङघको केन्द्र, प्रदेश र जिल्ला शाखाको निर्वाचनमा बुधबार भक्तपुरमा मतदान गर्दै महासङघका पूर्वअध्यक्ष धर्मेन्द्र झा । तस्बिर : रासस

कुनै बाधा नभए चैत २६ गते सबै तहको मतपरिणाम आउने महासङ्घको केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ पत्रकार कपिल काफ्लेले जानकारी दिएका छन् ।

तस्बिर : रासस

तस्बिर : रासस

तस्बिर : रासस