काठमाडौँ – महालक्ष्मी विकास बैंक लिमिटेडले मृत्यु हकदावी बीमा बापतको रकम हस्तान्तरण गरेको छ । बैँकले विपन्नवर्ग तथा कृषि कर्जामा गरिएका साना कर्जा अन्तगर्तको लघु अमृत म्यादी बीमा योजनामा अनुसार मृत्यु हकदावी बीमा बापतको रकम रु.६ लाख ७ हजार ५ सय रुपैयाँ हकवालालाई हस्तान्तरण गरिएको छ ।


ADVERTISEMENT


नेशनल लाईफ इन्स्योरेन्स कम्पनी बिचको सहकार्यमा बैँकको शाखा कार्यालय पालुङले मकवानपुरको थाहा नगरपालिका वडा नं. १० का स्व. बिष्णु मगरको मृत्यु हकदावी बीमा बापतको ५ लाख २५ हजार रुपैयाँ हकवाला कल्पना घर्तीलाई प्रदान हस्तान्तरण गरेको छ । यस्तै सोही नगरपालिका वडा नं. १ का स्व. देगु माया बलामीको मृत्यु हकदाबी बापतको ८२ हजार ५ सय हकवाला रविन बलामीलाई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जलज कुमार अधिकारी र नायव प्रबन्धक जोनश शर्माले हस्तान्तरण गरेका छन् ।


ADVERTISEMENT

# # #


उक्त कार्यक्रममा शाखा प्रबन्धक संगिता बज्राचार्यले कृषि तथा विपन्नवर्ग कर्जा अन्तगर्त लघु अमृत म्यादी बीमा योजना के हो र किन हो भन्ने कुरामा प्रष्ट पारेकी थिइन् । त्यसैगरी बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जलज कुमार अधिकारी तथा नायव प्रबन्धक जोनश शर्माले स्थानीय कृषकहरुले सहुयित कर्जा तथा कृषि कर्जाका विषयमा उठाएका जिज्ञासाहरुलाई निराकरण पार्नुका साथै सहुलियत कर्जा आवश्यक ग्राहकहरुको हातमा पुर्‍याए मात्र गाँउको विकास हुने कुरा प्रष्ट पारे ।

कार्यक्रममा स्थानीय बासिन्दा, जनप्रतिनिधि, पत्रकार तथा बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।