काठमाडौँ – डिप्रोक्स लघुवित्तका नवनियुक्त अध्यक्ष दीपक खनालले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । मंगलवार अध्यक्ष खनालले राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालसमक्ष सपथ ग्रहण गरेका हुन् ।


ADVERTISEMENT


संस्थाको गत चैत २० गते सम्पन्न १९ औँ वार्षिक साधारणसभाबाट खनाल लुम्बिनी विकास बैंक लिमिटेडबाट प्रतिनिधित्व गर्दै सञ्चालकमा चयन भएका थिए। त्यसपछि बसेको सञ्चालक समितिको बैठकले खनाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको थियो ।


ADVERTISEMENT

# # #