काठमाडौं – नेपाल पत्रकार महासंघको भोलि हुने निर्वाचनका लागि प्रेस युनियनले कडा सर्कुलर जारी गरेको छ । युनियनले बागी उमेद्वारहरूकाविरुद्ध कडा रूपमा प्रस्तुत हुँदै संगठनको निर्देशन नमान्नेहरूका लागि ६ वर्ष म्म कारवाही गर्ने कठोर निर्णय समेत गरेको छ ।


ADVERTISEMENT


युनियनका वरिष्ठ उपाध्यक्ष तथा अनुशासन समितिका संयोजक दीपक आचार्यले हिमालय पोष्टलाई दिएको जानकारी अनुसार संघठनको निर्देशन नमान्ने प्रेस युनियन सम्वद्ध बागी उमेद्वारहरूलाई ६ वर्षसम्म सदस्यबाटै निष्काशन गर्ने, कहीँ कतै प्रस्तावक समर्थक समेत हुन नपाउने तथा संगठनको कुनै पनि गतिविधिमा सामेल हुन नपाउने गरी कारवाही अघि बढाईएको हो ।


ADVERTISEMENT

# # #


यस्तै युनियनको नेतृत्वमा भएको गठबन्धनका विरुद्ध अन्तरघात गर्ने सदस्यहरूलाई समेत कारवाही गरिने जनाईएको छ । युनियन विपुल पोखरेल नेतृत्वमा लोकतान्त्रिक व्यवसायिक श्रमजीवी पत्रकारहरूको संयुक्त प्यानलका साथ निर्वाचनमा होमिएको छ ।