काठमाडौँ – मार्टफोन ब्राण्ड रियलमी क्वेलकम संस्करणको लेटेस्ट सी १५ मोबाइल फोनको मूल्य सस्तिएको छ ।


ADVERTISEMENT


पहिलोपटक १८ वाटमा पूर्ण चार्जिङ हुनसक्ने ६ हजार एमएएच ब्याट्रीको एकीकृत प्रयोग गरिएको सी १५ अब नेपाली बजारमा मात्र रु १८ हजार ५९० मा उपलब्ध रहेको नेपालका लागि रियलमीको आधिकारिक विक्रेता पशुपति ट्रेडलाइन प्रालिले जनाएको छ ।


ADVERTISEMENT

# # #


छोटो समयमा विश्वभर प्रविधिको क्षेत्रमा आफ्नो बलियो उपस्थित जनाउँदै गएको रियलमीको यस फोनमा अल्ट्रा–लंग ब्याट्री लाइफ र फास्ट चार्जिङका विशेषता रहेका छन् ।

यसबाहेक रियलमी सी–१५ मा जियोमेट्रिक ग्रेडियन्ट डिजाइन, ८ कोरको प्रोसेसर, ६.५ इन्चको एलसीडी पूर्णस्किनका साथ उच्च बडी अनुपातको यसमा अल्ट्रावाइड क्विड (४ वटा लेन्स भएको) क्यामेराको विशेषता रहेको छ, जसले रियलमीको ‘चुनौतीदेखि उन्नति’ सम्मको नारालाई युवापिढीमाझ थप सशक्त र स्मृतियोग्य बनाउने दाबी कम्पनीको छ ।

कम्पनीले आफ्नो सि–१५ को मोबाइल फोनमा ६ हजार एमएएच मेगा ब्याट्री र १८ वाट तीव्र चार्जिङ विशेषता राखेको छ, जसले एकपटकको चार्जमा ४४ घण्टासम्म निरन्तर फोन र २६.८ घण्टा निरन्तर युट्युब हेर्न सकिन्छ र ४८ दिनसम्मका लागि स्ट्यान्डबाइ रहन सक्छ ।

रियलमी सी–१५ मा सुपर पावर सेभिङ मोड समेत रहेको छ जसले ६ एपको साझा प्रयोगमार्फत तपाईँको फोनको आधारभूत कार्यक्षमता यथावत राख्न मद्दत गर्दछ । सुपर पावर सेभिङ मोडमा फोन सामान्यअवस्थाको ५ प्रतिशत मात्र ब्याट्री खपत गरेर निरन्तर २.५ दिन अथवा २.४८ घण्टासम्म फोन गर्न सकिने सुविधा रहेको छ ।

यसैगरी रियलमी सी–१५ मा क्विक फ्रिज एपको पनि विशेषता थपिएको छ जसले ब्याग्राउन्ड एपको ब्याट्री प्रयोग घटाउने, स्किनको ब्याट्री कम डिस्प्लेका इफेक्ट कम गर्ने र न्यून मोडमा अनुकूल स्लीप मोडमा रहने जस्ता विशेषताहरु रहेका छन् जसले गुणस्तरीय ब्याट्रीको प्रत्यानुभूति ग्राहकवर्गलाई प्रदान गर्दछ ।

उत्पादनमा ठूला ब्याट्रीको प्रयोग गर्दा सुरक्षालाई पनि त्यति नै ध्यान दिन जरुरी हुन्छ । रियलमी सी–१५ मा केबल हार्ड कोर फायरप्रुफ मेटेरियल ब्याक कभर मात्रै छैन, यसमा पावर अनुगमन सेन्सर तथा ताप अनुगमन सेन्सर पनि रहेको छ जसले स्मार्टफोनको थर्मल अवस्थालाई स्वचालित रुपमा मूल्यांकन गरेर निगरानी गर्ने काम गर्छ ताकि प्रयोगकर्ताहरुमा दैनिक प्रयोजनमा प्रयोग हुने मोबाइलको ब्याट्री विस्फोट हुने वा अन्य दुर्घटना हुनसक्ने त्रास यसमा रहन्न । ओटीजी डेटा केबल उपयोगको माध्यमद्वारा सी १५ ले मोबाइल फोन र अन्य केही एआइओटी उत्पादन चार्ज गर्न सक्ने सामथ्र्य पनि राख्दछ । किनभने यसमा मेगा ब्याट्रीको प्रयोग गरिएको छ । रियलमीमा भएको १८ वाट क्विक चार्जले ३० मिनेटमा १५ सय एमएएचपी ब्याट्रीमा २५ प्रतिशत चार्ज गर्न सकिन्छ ।

विशेषगरी रियलमीले युवापिढीलाई लक्षित गरी सी–१५ निर्माण गरेकोमा यसमा प्राकृतिक उत्कृष्ट दृश्य र नीलो तथा चाँदी गरी २ भिन्न कलरमा यसलाई प्रस्तुत गरेको छ । कलरको मामलामा अनन्त निलो समुद्र र समुद्री डाँडाहरुबाट प्रभावित भएको कम्पनीले बताएको छ ।

फोहोरबाट बचाउन डस्ट प्रुफ डिजाइन गरिएकोमा यस फोनले दैनिक प्रयोजनमा प्रयोग हुने एयरफोन, युएबी पोर्ट लगायतका सामाग्रीहरु सपोर्ट गर्दछ ।

कम्पनीले निर्माणपछि बजारमा पठाउनुअघि हरेक रियलमी फोनलाई दह्रो जाँच र परीक्षणका साथ स्टान्डर्ड प्रमाणित गुणस्तरीय जाँच गर्ने गरेको छ ।

कम्पनीले मोबाइलमा ६.५ इन्चको मोबाइल ड्रप डिजाइनमा क्विड (४ वटा लेन्स) भएको क्यामेरा राखेको छ । ६.५ इन्चको स्क्रिनका कारण यसमा खिचिएको भिडियो एकदमै हेर्नलायकको छ । यस मोबाइल फोनबाट इन्टरनेट चलाउँदा होस् वा युट्युबमा भिडियो हेर्दा अथवा फोटोहरु हेर्दा शानदार दृश्य प्रभाव हुने कम्पनीको भनाइ छ ।

यस फोनमा पछाडिपट्टीको क्यामेरा १३ एमपीको छ, जसले उत्कृष्ट नाइटस्केप मोड, ११९ डिग्री अल्ट्रावाइड मोड, पोर्टेट मोड लगायतका सुविधाहरु प्रदान गरेको छ । यस्तै अगाडिपट्टी ८ एमपीको क्यामेरा राखिएकोमा यसले १०८० पीमा पूर्ण एचडी भिडियो रेकर्डको सुविधा प्रदान गरेको छ भने यसमा फोटो, एआई ब्युटी लगायतका सुविधा प्रदान गरेको छ ।

यस लगायत मोबाइला विभिन्न फिचर्सहरु प्रदान गरिएको छ । नीलो र सिल्भर कलर दुई विकल्पमा उपलब्ध यो मोबाइलको डिजाइनका क्रममा नीलो ठूलो समुद्र तथा माथि उठिरहेको समुद्रको जस्तो देखाउन खोजिएको छ । चारवटा कर्नर बलियो गरी बनाइएको छ जसले स्क्रिन ड्यामेज हुनबाट धेरै हदसम्म बचाउँछ । स्मार्टफोन कम्पनीहरुले स्मार्टफोनलाई फरक देखाउने त्यति धेरै प्रयासहरु नगर्ने भएपनि रियलमीले डिजाइनमा निकै मिहिनत गरेको छ । जसकारण इन्ट्री लेभलको यस फोनको डिजाइन पनि अत्यधिक आकर्षक देखिन्छ ।

यसअघि रियलमीको मूल्य रू. १९ हजार ९९० रहेको थियो ।