काठमाडौँ – अब काठमाडौँ उपत्यका प्रवेश गर्नका लागि कोरोना परीक्षणको एन्टीजेन परीक्षण गरिएको रिपोर्ट चाहिने भएको छ ।


ADVERTISEMENT


आइतबार बसेको जिल्ला कोभिड १९ संकट व्‍यवस्थापन समितिको बैठकले काठमाडौँ प्रवेश गर्ने नाकामा स्वास्थ्य जाँच गरी एन्टीजेन परीक्षण गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


उपत्यकाभित्र कोभिडको संक्रमण बढ्न नदिनका लागि उक्त निर्णय गरिसएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । उनका अनुसार अब उपत्यकाभित्रका सम्बन्धित नगरपालिकाले स्वास्थ्य जाँच र एन्टीजेन परीक्षण गर्न हेल्थ डेस्कको व्‍यवस्थापन मिलाउने र सम्पर्क व्‍यक्ति तोक्नु पर्नेछ ।

एन्टिजेन परीक्षणबाट नेगेटिभ देखिएको र लक्षण देखिइ शंकास्पद लागेमा पीसीआर परीक्षण गर्न स्वाब संकलन गरी पठाउने निर्णय पनि बैठकले गरेको उनले बताए । यस्तै हरेक नगरपालिकाहरुले सञ्चालिन क्वारेन्टिन र आइशोलेसन सेन्टरलाई अद्यावधिक गर्नुका साथै कम्तिमा १–१ वटा आइशोलेसन सेन्टर र क्यारेन्टिको सञ्चालन र व्यवस्थापन गर्नुपर्ने भएको छ ।

यस्तै बैठकले सार्वजनिक स्थानमा कार्यक्रम नगर्ने र गर्नै परे सरकारले तोकेको जनस्वास्थ्यका मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्ने भएको छ ।