काठमाडौँ – नेपालकै पहिलो केबुलकार मनकामना केबुलकार सेवा ६ दिनका लागि बन्द हुने भएको छ । केबलकार आगामी चैत्र २५ गतेदेखि चैत्र ३० गतेसम्म बन्द हुने भएको हो ।


ADVERTISEMENT


केबुलकारको स्तरोन्नतीको पहिलो चरण मध्येको कार्य अनुसार ‘बुल ह्वील बियरिङ’ नयाँ फेरिनेछ । यस्तै ह्वील बियरिङ र अन्य मर्मत संभारको लागि डोप्ल्मिर अस्ट्रियाबाट आउने प्राविधिकले गर्नेछ ।


ADVERTISEMENT

# # #


केबुलकार सेवा ६ दिनका लागि बन्द गर्न लागिएको हो । उक्त अवधिभर केबुलकारको बटम स्टेसनमा रहेको रेष्टुरेन्ट भने यथावत रुपमा सञ्चालन हुनेछ । मर्मत संभार पश्चात आगामी चैत्र ३१ गतेदेखि पुनः नियमित रुपमा सञ्चालन हुने समेत मनकामना दर्शन प्रा.लि. ले जनाएको छ ।