भारत– कोरोना संक्रमणको दरमा भारतको नयाँ रेकर्ड थपिएको छ । एकै दिनमा १ लाखभन्दा बढि संक्रमित फेला परेसंगै कोरोना संक्रमण पुष्टिको दरमा भारतको नयाँ रेकर्ड थपिएको हो ।


ADVERTISEMENT


ADVERTISEMENT

# # #



‘दि इन्डियन एक्सप्रेस’ पत्रिकाका अनुसार, पछिल्लो २४ घण्टामा मात्रै भारतमा १ लाख ३ हजार ५ सय ५८ जना नयाँ संक्रमित थपिएका छन् । र, यो एकै दिनमा देखा परेको हालसम्मकै ठुलो संक्रमित दर हो ।

संक्रमण दर निकै तीव्र गतिमा फैलिन थालेपछि भारतको महाराष्ट्र राज्यमा कडा प्रतिबन्धको घोषणा गरिएको छ । हाल यहाँको सरकारले रातको समयमा कफ्र्युका साथै साप्ताहिक विदाका समयमा अर्थात् शनिबार र आइतबार लकडाउन समेत हुनेगरी सोमबारदेखि यस्तो प्रतिबन्धको व्यवस्था लागु गरेको छ ।

यहाँको सरकारले दिएको जानकारीअनुसार यस राज्यमा रातिको समयमा कर्फ्यु लगाइने छ भने हप्ताका अन्तिम दिन तथा विदाका दिनहरु शनिबार र आइतबार पूर्ण रूपमा लकडाउन लागु हुने बताइएको छ ।

नेपालको जोखिम यथावत् नै

पछिल्लो समयमा भारतमा तीव्र रुपमा फैलिएको संक्रमण दरका कारण नेपाल पनि उत्तिकै जोखिममा परेको छ । खुल्ला सिमाना तथा सहजै आवतजावत गर्न मिल्ने भएकाले पनि नेपालमा कोरोना संक्रमण जोखिम बढेको हो ।

बढ्दो कोरोनाको जोखिमलाई मध्यनजर गर्दै मुख्य सिमानाकाको आवतजावतमा कडाई गरेपनि स्थानीय रुपमा भएका स–सना बाटो हुँदै नेपाल–भारत आवतजावत गर्ने बटुवाका कारण पनि संक्रमण दर फैलिन सक्ने त्यहाँको आधिकारीक व्यक्तिको भनाई छ ।

यद्यपि नेपालमा कोरोनाको दोस्रो लहर नभित्रिउन् भनेर, मुख्य नाकाहरुमा भने सरकारले हाल आवश्यक स्वास्थ्य जाँच तथा भारतबाट नेपाल भित्रिनेलाई १४ दिनको क्वारेन्टाइन बसाईलाई अनिवार्य गरेको छ ।