सिमकोट– हुम्लाको तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाको मष्टादेव प्राविमा लगाइएको ताला प्रहरीले तोडेपछि पठनपाठन सञ्चालनमा आएको छ ।


ADVERTISEMENT


बिदाको समयमा सबै कोठामा विद्यालयले ताला लगाएको भए पनि अज्ञात समूहद्वारा लगाइएको थप एक एक ताला प्रहरीले तोडेपछि पठनपाठन पुनः सञ्चालनमा आएको हो ।


ADVERTISEMENT

# # #


गाउँटोल नजिकै भएकाले बेला बेलामा हेर्दा शनिबारसम्म ताला नलगाएको भए पनि शनिबार राति वा आइतबार बिहान कुन समयमा र कसले लगायो? भन्ने जानकारी नहुँदा प्रहरीलाई खबर गरेको वडा नं २ का वडाध्यक्ष, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रअ, शिक्षक र गल्फागाड प्रहरीचौकी श्रीनगरको टोलीको रोहवरमा ताला तोडिएको थियो । रासस