काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा आगामी बैशाख ४ गतेदेखि सुरु हुने त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजको बन्द प्रशिक्षणका लागि प्रारम्भिक नेपाली टोलीको घोषणा भएको छ ।


ADVERTISEMENT


क्यानले कप्तान ज्ञानेन्द्र मल्ल सहित २० सदस्यीय प्रारम्भिक नेपाली टोली घोषणा गरेको हो । टोलीको बन्द प्रशिक्षण यही २४ गते मंगलबारदेखि सुरु हुने क्यानका सचिव अशोकनाथ प्याकुरेलले जनाएका छन् ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री कप र काठमाडौँ मेयर कपमा उत्कृष्ट प्रदर्शन गरेका लोकश बम, कुशल भुर्तेल, आशिफ शेख र  साहब आलाम पनि बन्द प्रशिक्षणमा समेटिएका छन् । यस्तै प्रधानमन्त्री कपको खेलका क्रममा घाइते हुँदै मेयर कप गुमाएका आरिफ शेख पनि बन्द प्रशिक्षणमा फर्किएका छन् ।

केही दिनको बन्द प्रशिक्षणपछि क्यानले सिरिजका लागि अन्तिम टोली घोषणा गर्नेछ । क्यानले नेदरल्याण्ड र मलेसियासँग त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्दैछ । राउन्ड रोबिन फर्म्याटमा चल्ने प्रतियोगिताका उत्कृष्ट दुई टोलीले फाइनल खेल्नेछन् ।

सबै खेल काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछन् । सिरिजका लागि नेदरल्याण्डले पिटर सिलरको कप्तानीमा अन्तिम टोली घोषणा गरिसकेको छ ।

बन्द प्रशिक्षणका लागि बोलाइएको नेपाली टोली

ज्ञानेन्द्र मल्ल, पारस खड्का, दीपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहरा, आरिफ शेख, आरिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, लोकेश बम, कमल सिंह ऐरी, सुसन भारी, साहब आलाम, सन्दीप जोरा, विक्रम सोब, पवन सर्राफ र ललित नारायण राजवंशी ।