काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज एकैसाथ देशभरका १६५ वटा सडकको संयुक्त उद्घाटन गर्दैछन् ।


ADVERTISEMENT


प्रधानमन्त्री ओलीले बालुवाटारबाट एक कार्यक्रमका बीच कुल ५ खर्ब २८ अर्ब लागतमा बन्ने सबै निर्वाचन क्षेत्रका सडकको संयुक्त उद्घाटन गर्न लागेका हुन् ।


ADVERTISEMENT

# # #


सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत् पूर्वधार विकास कार्यक्रमअन्तर्गत एक निर्वाचन क्षेत्रमा एउटा सडक निर्माण गर्ने कार्यक्रम ल्याएको थियो । उक्त कार्यक्रमअन्तर्गत १६५ वटै निर्वाचन क्षेत्रमा बन्ने सडकको उद्घाटन गर्न लागिएको हो ।

यी सडक बहुवर्षीय ठेक्का अन्तरगत बन्न लागेका हुन् । तर अधिकांश सडकहरुको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय अध्ययन सम्म भने भएको छैन ।