काठमाडौँ – भारतीय आर्थिक सहयोगमा काभ्रेमा दुई विद्यालयको निर्माण कार्य शुरु गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिराम गेलाल, भारतीय राजदूतावासको राजनीतिक प्रभागकी प्रथम सचिव सौम्या सी र रोशी गाउँपालिकाका मेयरको उपस्थितिमा शुक्रवार रोशी गाउँपालिकास्थित श्री हरिसिद्ध माध्यमिक विद्यालय र महाभारत गाउँपालिकास्थित श्री सिद्धेश्वर माध्यमिक विद्यालयको पुनर्निर्माणका लागि भूमि पूजा सम्पन्न गरिएको छ ।


ADVERTISEMENT


उक्त कार्यक्रमअन्तर्गत २।८४ करोड लागतमा श्री हरिसिद्घि माध्यमिक विद्यालयको सिद्धेश्वर माध्यमिक विद्यालयको निर्माण लागत ३।९६ करोड रहेको छ । नेपाल सरकारले निर्धारण गरेको भूकम्प प्रतिरोधी मापदण्ड अनुरुप यी विद्यालयहरुको निर्माण गरिने भारतीय राजदूतावासले जनाएको छ ।


ADVERTISEMENT

# # #


२०७२ सालको भूकम्पले क्षति पुर्याएका नेपालका आठ जिल्लाका कूल ७१ वटा शैक्षिक संस्थाको पुनर्निर्माण हेतु भारत सरकारले ५० मिलियन अमेरिकी डलर ९करिब नेरु। ५।८ अर्ब० आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । यस भूमि पूजासँगै ७० वटा विद्यालयको पुनर्निर्माण सुरु भएको छ जसमध्ये ८ वटा विद्यालयहरु सम्बन्धित विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिसकिएको छ ।