काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्माओलीको राजीनामा माग्ने निर्णय गरेको छ । शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले प्रधानमन्त्रीको राजीनामा माग्दै नयाँ सरकार निर्माणमा अग्रसरता लिने कुरामा सहमति जुटाएको हो ।


ADVERTISEMENT


संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमलाई सर्वोच्चले बगर गर्दै प्रतिनिधिसभा पुनर्स्थापना गरेसँगै कांग्रेसमा आगामी रणनीति के गर्ने भन्ने विषयमा विभिन्न मत देखिएका थिए । विशेषगरी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल कांग्रेसले सरकार बनाउनु पर्ने बताउँदै आएका थिए भने सभापति शेरबहादुर देउवा सरकार बनाउने अहिले समय आइनसकेको भन्दै आएका थिए ।


ADVERTISEMENT

# # #


लामो समयपछि कांग्रेसभित्र सरकार निर्माणमा जुट्न अग्रसर हुने कुरामा सहमति जुटेको हो । केही दिन अघि मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि बूढानीलकण्ठस्थित सभापति देउवा निवास पुगेर सरकार निर्माणको नेतृत्व लिन आग्रह गरेका थिए ।