काठमाडौँ – अभिनेत्री प्रियंका कार्की आमा बन्ने भएकी छन् । प्रियंकाले शुक्रबार सामाजिक सञ्जालमार्फत आफू गर्भवती भएको खुलासा गरेकी हुन् ।


ADVERTISEMENT


आमाबुवा कहिले बन्ने भन्ने प्रश्नले हैरान पारेको तर्फ संकेत गर्दै उनले सामाजिक सञ्जालमा इन्स्टाग्राममा भनेकी छन्, ‘तपाईं अब सोध्न बन्द गर्न सक्नुहुन्छ । हो, हामी आमाबुवा बन्दैछौँ ।’


ADVERTISEMENT

# # #


३४ वर्षीय प्रियंका करिब एक वर्ष अघि (गत वर्ष फागुन १५ गते) मात्र नायक आयुष्मान देशराज जोशीसँग विवाह बन्धनमा बाँधिएकी थिइन् ।

आयुष्मानले पनि इन्स्टाग्राममा प्रियंकाको ‘बेबी बम्प’ तस्बिर राख्दै ‘यो साँचो भएको’ बताएका छन् ।

 

View this post on Instagram

 

A post shared by Ayushman DSK Joshi (@ayushmandsj)