डोटी– यहाँको बडिकेदार गाउँपालिकामा अपाङ्गता (फरक क्षमता)  भएका २७ व्यक्तिलाई बाख्रा वितरण गरिएको छ ।


ADVERTISEMENT


बडिकेदार गाउँपालिकाको लक्षित वर्ग जीविकोपार्जन कार्यक्रमअन्तर्गत ती बाख्रा वितरण गरिएको हो ।


ADVERTISEMENT

# # #


बडिकेदार गाउँपालिकाको आर्थिक सहयोग र मोहन्याल दृष्टिविहीन तथा अपाङ्गता सेवा समाजको आयोजनामा बाख्रा वितरण गरिएको गाउँपालिका अध्यक्ष कृष्णबहादुर चन्दले जानकारी दिए ।

गाउँपालिकाभित्रका पाँचवटै वडाका २७ अपाङ्गता(फरक क्षमता) भएका व्यक्तिलाई जनही एक÷एकवटा बाख्रा वितरण गरेको हो । अपाङ्गता (फरक क्षमता) भएका व्यक्तिलाई जीविकोपार्जन गर्न सहयोग र सहज हुने उद्देश्यका साथ बाख्रा वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष इन्द्रा बोहरा (भाट) ले बताएका छन् ।

‘गाउँमा घाँसपात पनि प्रशस्त भएको र बाख्रापालनमा पनि सजिलो भएकाले यहाँका अपाङ्गता (फरक क्षमता) भएका व्यक्ति सहज होस् भनेर पहिलो चरणमा बाख्रा वितरण गरेका छौँ, आगामी दिनमा अन्य सीपमूलक तालिमसमेत प्रदान गर्नेछौँ’, उनले भने । रासस