भारत द्वारा खैरहनी गाविस ६ चितवनमा श्री राष्ट्र प्राथमिक विद्यालय, सुल्तानाको लागि नयाँ विघालय भवन निर्माण


ADVERTISEMENT


भारत सरकारको नेरु १८.६६ मिलियन आर्थिक सहयोगमा निर्मित राष्ट्रिय प्राथमिक विघालय, सुल्ताना (पुनःनामाकरण आधारभुत विघालय सुल्ताना) खैरेनी गाविस ५, चितवनको नयाँ विघालय भवन नितेश कुमार, महावाणिज्यदूत, भारतको महावाणिज्य दूतावास, बीरगंज र मेनेजर चौधरी, वडा अध्यक्ष, वडा नं ७, खैरहनी नगरपालिका, चितवन द्वारा संयुक्तरूपमा उद्घाटन भएको छ ।


ADVERTISEMENT

# # #


उद्घाटन समारोहमा भारत र नेपालका मित्रहरू लगायत विघालय व्यवस्थापन समिति, स्थानीय राजनीतिज्ञ र समुदायका नेताहरू समेत उपस्थित थिए ।

भारत सरकारको “नेपाल–भारत विकास सहकार्य” अन्तरगत अनुदान १२ कक्षा कोठा र सरसफाई सुविधा भएको २ तल्ले विघालय भवन निर्माण भएको जनाईएको छ ।
उक्त परियोजना भारत सरकार र नेपाल सरकार बिचको समझौता अन्तर्गत एक उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा लिईएको थियो ।

राष्ट्रिय प्राथमिक विघालयको स्थापना सन् १९७३ मा सुल्ताना, चितवनमा भएको थियो । यद्यपी सन् २००४ को बाढीमा विघालय पुर्णरुपले ध्वस्त भएको थियो । भारत सरकारले गरेको आर्थिक सहयोग समुदायका विधार्थीहरूको लाभ र उनीहरूको शैक्षिक अनुभव वृद्धी गर्ने तिर लक्षित रहेको बताईएको छ ।

परियोजनाले नेपाल र भारत बिचको विकास साझेदारीलार्इ प्रतिविम्वित गर्नुका साथै शिक्षा क्षेत्रमा पुर्वाधार अभिवृद्धि गर्न नेपाल सरकारले गरेको प्रयासलाई थप बल पूर्याएको जनाईएको छ ।