काठमाडौँ – नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले असीमित सत्ताभोगको अतृप्त तृष्णाले पार्टी अध्यक्ष ओलीलाई ‘म’ र ‘मेरो’ बाहेक केही नदेख्ने बनाएको बताएका छन् ।


ADVERTISEMENT


पार्टीले सोधेको स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएको भन्दै प्रधानमन्त्री समेत रहेका ओलीले भुसाललाई बिहीबार ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेका छन् । त्यसबारे प्रतिक्रिया दिँदै भुसालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘असीमित सत्ताभोगको अतृप्त तृष्णाले कमरेड ओलीलाई ‘म’ र ‘मेरो’ बाहेक केही नदेख्ने बनाएको छ । ‘म बस्न नपाउने कुर्ची भाँची दिन्छु’, यो उनी आफैले कबुल गरेको जीवन दर्शन हो ।’


ADVERTISEMENT

# # #


ओलीले धेरै राम्रो पार्टीलाई गुटमा बदलेको बताउँदै उनले ओलीले बनाएको त्यो गुट राज्य दोहनमा लागेको गिरोहमा परिणत भएको उल्लखे गरेका छन् । नेता भुसालले भनेका छन्, ‘उनका लागि संसारमा या त चाकर छन् या शत्रु ।’

ओलीले एमालेको चीर हरण गरिरहेको र आफू त्यसको सामना गर्न तयार रहेको बताउँदै उनले बताएका छन् । ओलीले लोकतन्त्रको हुर्मतको र त्यो अपूरणीय रहेको उनले बताएका छन् ।

ओलीको ताण्डपलाई पराजित गरेर लोकतन्त्रका र वामपन्थको ऋण तिर्ने नेता भुसालको तर्क छ । ‘उनले हाम्रो पार्टीको गौरवको चीरहरण गर्दैछन्, हामीले सामना गरौँला र गर्नेछौँ । तर यिनले लोकतन्त्रको जुन हुर्मत लिएका छन् त्यो अपूरणीय छ ।’ भुसालले अघि भनेका छन्, ‘उनको व्यक्तिवादी, अवसरवादी, दक्षिणपन्थी तथा विसर्जनवादी ताण्डवलाई पराजित गरेर हामीले लोकतन्त्र र वामपन्थको ऋण तिर्नेछौँ ।’

नेता भुसालल लेखेका छन् , ‘मेरो पार्टीको अध्यक्ष भएर उनले गरेका बर्बादिका लागि मैले दुनियाँसँग माफी माग्छु ।’