काठमाडौँ – नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टीका उपमहासचिव घनश्याम भुसाल र नेता सुरेन्द्र पाण्डेमाथिको कारबाहीलाई भद्दा मजाकका रुपमा अर्थ्याएका छन् ।


ADVERTISEMENT


एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले बिहीबार नेताद्वय भुसाल र पाण्डेलाई सोधेको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नआएको भन्दै ६ महिनाका लागि निलम्बन गरेका थिए । ओलीको उक्त कदमलाई नेता भट्टराईले भद्दा मजाक भनेका हुन् ।


ADVERTISEMENT

# # #


बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आजकाल ॠषिमुनी र वुद्धको ज्ञान भूमी अनि मार्क्सवादको उर्वरभूमी नेपालमा विद्वान, ईमान्दार र नैतिकवानहरुमाथि कारबाही र मुर्ख, भ्रष्ट र अनैतिकहरु पुरष्कृत हुने गरेको बताएका छन् । नेता भुसाल र पाण्डेमाथिको कारवाही पनि त्यस्तै भद्दा मजाक रहेको उनले उल्लेख गरेका छन् ।

ॠषिमुनी र वुद्धको ज्ञान भूमी अनि मार्क्सवादको उर्वर भूमी नेपालमा आजकाल : विद्वान, ईमान्दार र नैतिकवनहरुमाथि कार्वाही…

Posted by Yogesh Bhattarai on Thursday, April 1, 2021