जाजरकोट– दुई हप्ताअघि चट्याङले क्षति भएको टावर मर्मत नहुँदा मुड्केचुला गाउँपालिका डोल्पाका स्थानीयवासी सञ्चार सेवाबाट वन्चित भएका छन् ।


ADVERTISEMENT


जाजरकोटसँग सिमाना जोडिएको मुड्केचुला गाउँपालिका–५, अदलेखमा रहेको नमस्ते मोबाइल टावर चट्याङले ध्वस्त पार्दा यहाँका वासिन्दा सञ्चार सेवाबाट वञ्चित भएका हुन् ।


ADVERTISEMENT

# # #


टावर मर्मतका लागि नेपाल टेलिकम क्षेत्रीय कार्यालय नेपालगञ्जलाई जानकारी गराएको भए पनि हालसम्म मर्मत हुन नसकेको गाउँपालिका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिएका छन् ।

नेपाल टेलिकम क्षेत्रीय कार्यालयका उपनिर्देशक शिव खनालले भने मर्मतका लागि टोली पठाउने तयारी भइरहेको बताए ।

यसका साथै उक्त स्थान भन्दामाथि लेकमा रेडियो लिङ्कबाट मोबाइल र टेलिफोन सञ्चालनका लागि रेडियो लिङ्क जडान कार्य पनि भइरहेको हुँदा मर्मत गर्न ढिलो भएको क्षेत्रीय उपनिर्देशक खनालको भनाई छ । रासस