काठमाडौँ– माहाबौद्धमा टुलिपयुनिसेक्स सलोन एन्ड हेयर ब्युटी मेकअप स्टुडियो सञ्चालन गरिएको छ ।


ADVERTISEMENT


उक्त स्टुडियोको वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ, वरिष्ठ सौन्दर्यकर्मी सीता न्यौपाने, गायिका देविका बन्दना र मिसेज ब्युटीक्विन नेपालका विजेताहरूले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।


ADVERTISEMENT

# # #


एक दशकदेखि विभिन्न व्यवसाय गर्दै आएकी रसुमिला श्रेष्ठ, कल्पना राजभण्डारी तथा सरोजा मानन्धरको संयुक्त लगानीमा आकार कम्प्लेक्समा सुविधा सम्पन्न सो स्टुडियो सञ्चालनमा ल्याइएको हो । कार्यक्रममा वरिष्ठ कलाकार श्रेष्ठले महिलाहरूलाई व्यावसायिक क्षेत्रमा स्वावलम्बन बन्न र मिहिनेतका साथै कलाक्षमता प्रदर्शनसँगै आर्थिक रूपमा राम्रो आम्दानी गर्नेतर्फ अघि बढ्न आग्रह गरेकी छिन्।

वरिष्ठ सौन्दर्यकर्मी न्यौपानेले यस क्षेत्रमा स्वरोजगार बन्ने ठूलो अवसर प्राप्त भएकाले यसलाई उपलब्धि मान्न सकिने भाव व्यक्त गरिन् । स्टुडियोमा अनुभवी ब्युटिसियनहरूद्वारा कपाल काट्ने, स्टाइलिङ गर्ने, फेसियल, मेनीकियर, पेडीकियर, मेहेन्दीलगायत विवाहका लागि महिला तथा पुरुषलाई आवश्यक पर्ने सम्पूर्ण शृङ्गारको सेवा दिइने छ ।


ADVERTISEMENT

#
#


एक महिनासम्म सेवामा ३० प्रतिशत छुट गरिएको सञ्चालक श्रेष्ठले जानकारी दिइन् । रासस

प्रतिकृया

प्रतिकृया