सुदूरपश्चिम– कैलालीको चुरे पहाडी क्षेत्र मोहन्याल गाउँपालिकाका प्रमुख नवलसिंह रावलको ७७ वर्षको उमेरमा निधन भएको छ ।


ADVERTISEMENT


उच्च रक्तचाप लगायतका रोगले ग्रसीत उनको काठमाडौँस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा आज विहान निधन भएको उजका स्वकीय सचिव नरेन्द्र थापाले जानकारी दिएका हुन् ।


ADVERTISEMENT

# # #


मोहन्याल सोल्टास्थित आफ्नै घरमा केही दिन अघि अचानक बेहोस भएपछि उनलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज पुर्‍याइएको थियो । यसपछि थप उपचारका लागि काठमाडौँ लगिएको थियो । उनी लामो समयदेखि रक्तचापको औषधि खाइरहेका थिए ।

उनी नेकपा (एमाले) को तर्फवाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । उनका तीन छोरा र श्रीमती छन् । रासस