काठमाडौँ– केहि दिनदेखि बढेको प्रदूषणका कारण सरकारले ४ दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


प्रदूषणका कारण काठमाडौँ लगायत विभिन्न स्थानको वातावरण तुवाँलोमय बनेको कारण देखाउँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सो निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


शिक्षा मन्त्रालयमा आज बसेको आकस्मिक बैठकले मंगलबारदेखि ४ दिनसम्म देशभरका सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो ।

पछिल्लो समय नेपाल तथा भारतको केही स्थानमा लागेको डढेलोको कारण प्रदूषणको कण वायुमण्डलमा बसेकाले नेपालको विभिन्न स्थान तुवाँलोमय बनेको मौसमविद्हरुको भनाई छ ।

यस्तै, प्रदूषणका कारण आँखा नै पिराउने तुवाँलोमय बनेको वातावरणले व्यक्तिको फोक्सो, आँखा लगायत शरीरका विभिन्न भागहरुमा असर पुर्‍याउँने भएकाले बाहिर ननिस्कन विज्ञहरुले सुझाव दिदैँ आएका छन् ।

यसैगरि, यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि विज्ञप्ति जारी गर्दै प्रदुषणले गर्दा विभिन्न स्वास्थ्य समस्या देखा पर्ने हुँदा सचेत रहन आग्रह गरेको थियो ।