पोखरा– नेकपा एमालेका नेता रवीन्द्र अधिकारीले आउँदो प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनले देशको भाग्य र भविष्य निर्धारण गर्ने बताएका छन् ।


ADVERTISEMENT


नेकपा एमाले प्रदेश सभा कास्की २ (क)को निर्वाचन कार्यालयको आज शुभारम्भ गर्दै उनले सम्वृद्ध नेपाल निर्माणको अभियान एमालेले मात्रै पूरा गर्नसक्ने दाबी गरे ।


ADVERTISEMENT

# # #


नेता अधिकारीले निर्वाचन तोकिएकै मितिमा हुनुपर्नेमा समेत जोड दिए ।

नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापा, पोखरा–लेखनाथ महानगरपालिका प्रमुख मञ्जुदेवी गुरुङ, उपसचिव प्रभा कोइरालाले पनि मन्तव्य व्यक्त गरे ।