काठमाडौँ – हानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) सन्दिप भण्डारीले लागू औषध दुर्व्यशन नियन्त्रणसम्बन्धी प्रशिक्षण दिएका छन् ।


ADVERTISEMENT


शुक्रवार ज्ञानेश्वर स्थित ग्यालेक्सी पब्लिक स्कुलको सभाहलमा एसएसपी भण्डारीले शिक्षक, अभिभावक तथा बिद्यार्थीहरुलाई प्रहरी विद्यालय सम्पर्क कार्यक्रम अन्तर्गत लागू औषध तथा अन्य समसामयिक बिषयमा प्रशिक्षण प्रदान गरेका हुन् ।


ADVERTISEMENT

# # #


No description available.

एसएसपी भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक सुरिना सुनयनी गुरुङ, काठमाडौँ महानगरपालिका ३० का वडाअध्यक्ष दलबहादुर कार्की, महानगरिय प्रहरी वृत्त मालिगाउँका प्रहरी नायक उपरीक्षक खुलाल भुषाल, सामुदायिक सेवा केन्द्रका पदाधिकारी, समाजसेवी, बुद्धिजिबी, ग्यालेक्सी, मातृभूमि शिक्षा सदन र अल्बर्ट अँग्रेजी बोर्डिङ स्कुलका शिक्षक, विद्यार्थी र अभिभावकको उपस्थिति रहेको थियो ।

No description available.

उक्त कार्यक्रममा एसएसपी भण्डारीले लागूऔषधको सेवनबाट हुने असर र सुरक्षित रहने तरिका, अपराध गर्ने सोचबाट परिवर्तन हुने तरिका लगायत सुरक्षित र शान्त समाजको विकास गर्ने विषयमा प्रशिक्षण दिएका थिए।

No description available.

कूल २८५ जनाको सहभागिता रहेको उक्त कार्यक्रममा लागु औषध न्युनिकरण सम्बन्धी सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।