काठमाडौँ – अँग्रेजी भाषाका प्रध्यापक कवि गोपाल नेपालको कविता संग्रह ‘कुत्ताका जनमदिन’ प्रकाशित भएको छ ।


ADVERTISEMENT


शुक्रवार प्रदेश नम्बर दुई प्रमुख राजेश झा (अहिराज)को कार्यकक्ष जनकपुर पुगेर कवि नेपालले आफ्नो कविता संग्रह लोकार्पण गरेका हुन् ।


ADVERTISEMENT

# # #


भुँडीपुरान प्रकाशनले प्रकाशित गरेको यस कविता संग्रहमा मानिसको पछिल्लो निरीहपना, कथित बौद्धिकता भित्रको खोक्रोपना आदिमाथि व्यङ्ग्य गरिएको छ । मानिसलाई मानिस नठान्ने उपल्लो वर्ग जसले कुकुरको चाहिँ जन्मदिन मनाएर बस्छ त्यो वर्गमाथि यी कविताले व्यङ्ग्य गर्दछन् ।

आफूलाई चलाख भनेर स्वघोषणा गरेको मानिस कति मूर्ख छ, प्रगतिशील भनिएको मानिस भित्रभित्रै कति नाङ्गिदै गएको छ भनेर कविले कवितामार्फत व्यङ्ग्य गरेका छन् ।