गत वर्ष कोरोनाको कारण देखाउँदै गरिएको बन्दाबन्दीको कारण अहिलेसम्म अर्थतन्त्र थिलथिलो छ । वर्ष दिनयता मुलुक कोरोनाका कारण आक्रान्त बनिरहेको बेला पछिल्लो समय पुनः कोरोनाको दोस्रो लहरको त्रास बढेको छ । कोरोनाको विषयमा फेरि पुरानै किसिमको हल्ला फैलिरहेको छ । सरकारले प्रत्येक जिल्लामा क्वारेन्टिन/आइसोलेशन राख्न निर्देशन दिएको छ, सभा सम्मलेनमा रोक लगाएको छ र आवश्यकता महशुस भए पुनः लकडाउन गर्नेसम्मको अभिव्यक्ति सरकारी संयन्त्रमार्फत आइरहेको छ । तर यस वर्ष कोरोनाको त्रास जनमानसमा गत वर्ष जस्तो खासै देखिँदैन । कोरोनाको मृत्युदर, यसले गर्ने असर र मानिसहरुको आफ्नो स्वअनुभवले कोरोना डरको व्यापार भनेर फरक मत राख्दै आएकाहरुप्रति विश्वास गर्न सकिने वातावरण बनेको छ भने थुप्रै मानिसहरु कोरोना डर मात्रै भएको बताउन थालेका छन् । यसै सन्दर्भमा फरक विचारका रुपमा कोरोनालाई डरको व्यापार भन्दै आएका कोरोना सचेतना समूहका संयोजक शिक्षाविद् कर्णबहादुर शाहीसँग हिमालय पोष्टले गरेको कुराकानीको सार :


ADVERTISEMENT


ठीक एक वर्षपछि पुनः कोरोना महामारी अघिल्लो वर्षकै जसरी भयावह हुने किसिमले बहस शुरु भएको छ । सरकारले पनि त्यसै किसिमले तयारी थालेको छ । यसलाई कसरी हेर्नुभएको छ ?


ADVERTISEMENT

# # #


पहिलो कुरा त यो नयाँ कुरा नै होइन । नियोजित ढंगले जुन किसिमले कोरोना अतिरंजित गरिदैछ, यो पुरानै कथा हो । हामीले यसअघि नै कोरोना केही रहेनछ, यो धेरैले बुझिसकेको अवस्था पनि छ । १२ करोड ३९ लाखलाई कोरोना संक्रमण हुँदा १२ करोडभन्दा बढी मानिस बिना कुनै उपचार निको भएका छन् । जतिको मृत्यु भएको छ तिनको पनि अन्य रोगका कारण, त्रासका कारण, अस्पताल, प्रशासन आदिले गरेको व्यवहार र भोक तथा शोकका कारण भएको देखिएको छ । विश्वमा एउटा आतंक छ । यस्तो आतंक बेला बेला फैलिरहन्छ । नियोजित रुपमा कुनै कुराको डर पैदा गर्ने, त्यसलाई स्थापित गर्ने र धन्दा गर्ने, कोरोना त्यसैको निरन्तरता मात्र हो । यो सबैले बुझिसकेको कुरा पनि हो ।

तर कोरोनाको दोस्रो लहर अझ बढी खतरनाक बनेर गएको बताइन्छ, संक्रमण पनि त्यसै किसिमले बढेको देखिन्छ नि ?

यो एक्कासी पुनः बहस किन शुरु भयो बुझ्नुपर्ने कुरा छ । यो वर्षको कोरोना खतरनाक भनेर जुन किसिमले हल्ला फैलाइएको छ, यसका लागि हामी एक वर्ष पहिले फर्किनुपर्ने हुन्छ । एक वर्ष पछाडि फर्किएर हेर्दा त्यस बेलाको कोरोना कति खतरनाक भनेर अतिरंजित गरिएको थियो ? यो बिर्सिन नहुन कुरा हो । रोगको बारेमा त सचेतना फैलाउने हो । सचेत बनाउने हो । तर, अहिले हल्ला कस्तो छ ? यो मान्छे बचाउने हल्ला छ कि डर उत्पन्न गराउने हल्ला ? यसबाट पनि सहज बुझ्न सकिन्छ । कोरोना नयाँ विषय थिएन । सार्स नामले पहिले पनि यस किसिमको धन्दा चलाउन खोजिएकै हो । अब नागरिक आफैले पनि अनुभव गरिसकेका छन् । यसबाट डराउन हुँदैन ।

डरको व्यापार कसले गरिरहेको छ ?

संसारमा जहिल्यै एउटा पक्ष हुन्छ जसले दुनियाँमाथि जहिल्यै राज गर्न चाहन्छ । त्यसैले यस्ता डर स्थापित गर्न लाग्छन् उनीहरु । संसारलाई दास बनाइराख्न यस किसिमका अफवाह फैलाइन्छ । डरको व्यापार गर्ने सबैभन्दा सहज स्वास्थ्य क्षेत्र बनेको छ । स्वाइनफ्लू, एचआईभी, सार्स लगायतका रोगबाट पनि यसैगरी व्यापार गर्न खोजिएकै थियो । एउटा धन्दा असफल भएपछि संसारका ठूलो मेडिकल माफियाले अर्को धन्दा शुरु गर्छन् । गत वर्ष कोरोनाको डर देखाएर पीपीई, पीसीआर लगायतको व्यापार गरियो । पीसीआरको व्यापार सकिएपछि खोपको ‘धन्दा’का लागि फेरि कोरोनाको डर पैदा गरिँदैछ । संसारभर खोप उत्पादनका लागि, खोप खरिदका लागि जुन किसिमको तछाडमछाड छ, उत्पादन गर्नेले बजार त खोज्छ नै । त्यही बजार निर्माणका लागि फेरि हल्ला फैलाइएको हो, अरु केही होइन ।

यो व्यापारिक धन्दा मात्र हो भने यसको विरोध भन्दा समर्थन नै बढी देखिन्छ । किन ?

विरोध भइरहेको छ । अमेरिका, बेलायत, अस्ट्रेलिया लगायतका थुप्रै मुलुकमा मास्क, पीसीआर र खोपको विरोध भइरहेको छ । हामी पनि शुरुवाती दिनदेखि यस अभियानमा लागेका छौँ । तर व्यापारीको सञ्जाल ठूलो छ । सबैलाई आफ्नो नियन्त्रणमा लिएर कोरोना सचेतना भन्दा पनि कोरोना डरको प्रचार गरिएको छ । अस्ति बेलायतमा त्यत्रो विरोध भयो, खै मिडियामा ? यो एकतर्फी रुपमा बायस गरेर डर पैदा गर्न खोजिएको छ । संसारमा अहिले विरोध नै बढी छ ।

नेपालमा पनि जुन किसिमले सतर्कता अपनाइएको छ, सभा सम्मलेन गर्न रोक लगाइएको छ, क्वारेन्टिन निर्माणको काम अघि बढाइएको छ र अन्ततः आवश्यक परे लकडाउन गर्ने भनिएको छ । यसलाई कसरी हेर्नुभएको छ ?

लकडाउन कुनैपनि हालतमा गरिनु हुँदैन । जनता अब सचेत भइसकेका छन् । यसको बर्खिलाप आवाज उठाउँछन् भन्नेमा म ढुक्क छु । सरकार आफैले पनि कोरोना केही होइन भन्ने स्वीकारिसकेको कुरा हो । गत वर्षको लकडाउनको आवश्यकता र लकडाउन अन्त्य किन गरियो यसमा समेत सरकार जवाफदेही बन्न सकेको छैन । तर, प्रधानमन्त्री स्वयंले कोरोनाले मर्नेको संख्या एकदमै कम भएको र मर्नेहरु पनि अन्य कारणले मरेको भनेर बताउनुभएको छ । यस बीचमा थुप्रै सभा, सम्मेलन आन्दोलन भएका छन्, शक्ति प्रदर्शनका नाममा सरकार स्वयंले लाखौँ संख्या उतारेको छ । तथापि, अब पुनः कोरोना बढेको र यसका लागि सजगता अपनाउन खोजे जस्तो गरिदैछ । यसको कारण ती मेडिकल माफियाबाट पाउने अनुदान र उनीहरुले संसारलाई गरेको नियन्त्रण नै हो ।

लकडाउन भएछ भने पनि सरकारको स्वविवेक भन्दा पनि बाह्य दबाब नै भएको बुझ्नपर्छ । यो समयमा हामी सबैले कोरोनालाई राम्रोसँग बुझिसकेका छौँ अनुभव गरिसकेका छौँ । अब नागरिकले यसमा विश्वास गर्दैनन्, दैनिक जीवन सामान्य बनाइरहन्छन् भन्ने मलाई लाग्छ । नत्र कोरोनाले ल तँ दुई चार महीना शक्ति प्रदर्शन गर्, भिडभाड गर् अनि तेरो काम सकिएपछि म आउँछु भनेर भन्दैन, यो सबैले बुझेकै कुरा हो । अन्तमा पुनः पनि यो धन्दा नै हो । फेरि डर पैदा गरेर यसको व्यापार गर्न खोजिदैछ यसमा सबै सचेत हुन जरुरी छ ।