काठमाडौँ – बालुवाटारस्थित ललिता निवास क्यापभित्र निर्माण भइरहेका भवनको काम रोक्न भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङफेले निर्देशन दिएकी छन् । क्यापभित्र घर टहरा निर्माणको काम नरोकिएको भन्दै मन्त्र तुम्बाम्फेले तत्काल निर्माणको काम रोक्न निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयले बुधबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र गृह मन्त्रालयलाई कानूनविपरीत निर्माण भइरहेका संरचनाको काम रोक्न पत्राचार गरेको मन्त्रालयका शाखा अधिकृत महेशराज भट्टराईले बताए ।


ADVERTISEMENT

# # #


मन्त्री तुम्बाहाङफेले ललिता निवासको जग्गाबारे अदालतमा मुद्दा चलिरहेकाले नक्सापास र संरचना निर्माण रोक्न पत्राचार गरेको भट्टराईले जानकारी दिए ।

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा भूतपूर्व उपप्रधानमन्त्री विजय गच्छदार, पूर्वमन्त्रीद्वय चन्द्रदेव जोशी र डम्बर श्रेष्ठ, पूर्वप्रधानमन्त्री खिलराज रेग्मी नेतृत्वको सरकारमा मन्त्री पनि भएका पूर्वसचिव छविराज पन्त, अख्तियारका पूर्वप्रमुख आयुक्त समेत रहेका पूर्वसचिव दीपकुमार बस्न्यात, पूर्वसचिव दिनेश अधिकारी सहित १७५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।