काठमाडौँ – यती एयरलाइन्सको काठमाडौँ–बनारस परीक्षण उडान सम्पन्न भएको छ । निजी क्षेत्रको अग्रणि हवाई संस्था यती एअरलाइन्सले बुधवार काठमाडौँ–बनारस–काठमाडौँको परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ ।


ADVERTISEMENT


यती एयरलाइन्सले अघिल्लो साता काठमाडौँ–बनारस अन्तरराष्ट्रिय उडान लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट परीक्षण गरेको थियो ।


ADVERTISEMENT

# # #


यतीका सूचना अधिकारी सुदर्शन बर्तौलाले दक्षिण र पूर्वी एसियामा उडान भर्ने योजनाअन्तर्गत नै काठमाडौँ–बनारस उडान शुरु गरिएको बताए । अन्तरराष्ट्रिय उडानका लागि विमान उडान प्रमाणपत्रको प्रक्रिया अघि बढिरहेको उनको भनाइ छ । उनले भने, ‘यसै क्रममा हामीले काठमाडौँ–बनारस रुटमा उडान भर्न लागेका हौँ,’ उनले भने ।

यतिले एटीआर ७२ एयरक्राफ्टको मर्मतसम्भार गरी उक्त एयरक्राफ्टबाटै उडान शुरु गरेको हो ।